Logo
Logo

भूकम्प पीडितलाई १ करोड सहयोग गर्ने भरतपुर महानगरको निर्णय



भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरको कार्यपालिका बैठकले उक्त क्षेत्रका भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । महानगरकका मेयर रेनु दाहालले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग गर्ने उद्देश्यले सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

महानगरका जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग संकलन गरेर एक करोड रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्