Logo
Logo

जसपाको पोखरा महानगरपालिका समिति पुनर्गठन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को पोखरा महानगर समिति पुनर्गठन भएको छ । अमरसिंह चोकस्थित पार्टी जिल्ला कार्यालयमा आयोजित भेलाले हितकाजी गुरुङको अध्यक्षतामा ६३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्ण विक, सचिवमा रामजुलुम शर्मा र कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ रहेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् पूर्व मन्त्री शिवलाल थापा मगर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्