
अमेरिका । नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाले भूकम्प पीडितका लागि ५ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
मञ्चको अमेरिका अध्यक्ष शंकर पन्तले एक शोक वक्तव्य जारी गदैं उक्त रहम सहयोग गर्ने जानकारी दिएका हुन् । साथै उनले
उसले शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।
उद्धार कार्य देखावटी र प्रचारात्मक नभै वास्तविक र प्रत्यक्ष पीडित समक्ष पुग्ने खालको हुनु पर्ने भन्दै मञ्चले गरेको आर्थिक सहयोग पीडितसंग प्रत्यक्ष पुगोस् भन्ने उद्देश्यले त्यसको समन्वय तथा व्यवस्थापन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समितिको तर्फबाट गरिने अध्यक्ष पन्तद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।
अध्यक्ष पन्तले भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । जाजरकोट भूकम्पमा परी दुई जिल्लाका १ सय ५७ जनाको मृत्यू भएको छ भने १९७ जना घाइते भएका छन् ।














