Logo
Logo

श्रीमानको हत्यारालाई कारबाही नगरे ‘आत्मदाह’ गर्ने मीनकुमारीको चेतावनी


4.2k
Shares

काठमाडौं । विद्यालयमै झुण्डिएको अवस्थामा मृत भेटिएका सिरहाको गोलबजारस्थित सरस्वती माविका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै परिवार तथा आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सिरहाको मिर्चैयामा बिहान ९ बजेदेखि साहका परिवार र स्थानीयवासीले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूको विरोधका कारण सयौं सवारीसाधन अलपत्र परेको छ ।

आइतबार बिहान प्रधानाध्यापक साह गोलबजार नगरपालिका–३ जमदहस्थित विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको दुवै खुट्टा भुइँमा छोएकोलगायत घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीको भनाई छ ।

घटना ढोकछोप गर्ने प्रयास भएको भन्दै परिवार आन्दोलित बनेका हुन् । उनका पत्नी मीनाकुमारी साह राजमार्गमै सुतेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’ को चेतावनीसमेत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्