
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सोमबार बिहान कोइरालाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए । तर, कोइरालाको कार्यव्यस्तता भएपछि आज भेटवार्ता भएको हो ।














