Logo
Logo

राष्ट्रपतिको युरोप भ्रमण स्थगित



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।

राष्ट्रपति कात्तिक २२ गते फ्रान्स जाने निर्णय भएको थियो । त्यसपछि राष्ट्रपति पौडेल उतैबाट जर्मनी र इटालीको पनि भ्रमणमा जाने कार्यक्रम थियो।

मन्त्रिपरिषद बैठकले पनि राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस्