Logo
Logo

नेपाल एयरलाइन्स सुधार प्रतिवेदन कार्यान्वयन गर्न सुझाव समिति गठन


378
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को सुधारका लागि तयार प्रतिवेदन कार्यान्वयन गर्न सुझाव समिति गठन गरेको छ ।

मन्त्रालयले निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने उद्देश्यका लागि सुझाव समिति गठन गरेको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न निगमका पूर्वमहाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव र वायुसेवा निगमको प्रशासन महाशाखाका विभागीय प्रमुख रहने गरी समिति गठन गरिएको छ ।

क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि प्रतिवेदन तयार पारेको थियो ।

समितिले जहाज खरिद गरी बजारमा आफ्नो उपस्थिति बढाउन, स्रोतको जोहो गर्न सोल्टी होटलको सेयर उपयोग गर्न सुझाव दिएको थियो ।

व्यवस्थापन सुधारका लागि समेत प्रतिवेदनमा विभिन्न विकल्पहरु दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्