Logo
Logo

एकीकृत समाजवादीको महाधिवेशन १४ माघदेखि १८ गतेसम्म काठमाडौंमा हुने



काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । यसअघि नै महाधिवेशनको मिति तय गरेको भएपनि स्थान तोकिएको थिएन । सोमबार बसेको पार्टी सचिवालय बैठकले काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा सम्पन्न पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको थियो । एकीकृत समाजवादीले गठन भएको दुई वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएपछि एकीकृत समाजवादी गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्