Logo
Logo

जाजरकोटमा ५.८ रेक्टर स्केलको परकम्प



काठमाडौं । जाजरकोटमा आज फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज (सोमबार) दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला लगातार परकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्