काठमाडौं । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा काठमाडौं महानगरपालिकाले राहत सामग्री पठाएको छ । महानगरले सोमबार करिब १४ लाख रुपैयाँ बराबरको एक हजार चार सय थान कम्बल पठाएको हो ।

मंगलबार सोही मूल्य बराबरको ६०० थान कम्बल र दुई हजारवटा खाद्य सामग्रीको प्याकेज पठाउने महानगरले जनाएको छ । प्रभावित क्षेत्रमा आवश्यक भएमा इन्जिनियरिङ तथा प्राविधिक सहयोगका लागिसमेत तयार रहेको महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत बताएका छन् ।














