Logo
Logo

नुवाकोट क्याम्पसको भवन निर्माण शिलान्यास


945
Shares

विदुर । नुवाकोट क्याम्पसको कक्षाकोठा भवन निर्माण सुरु गरिएको छ । उक्त भवन निर्माणको एक कार्यक्रमबीच वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले शिलान्यास गरेका छन् ।

उक्त भवन विश्वविद्यालय अनुदान आयोगको भौतिक विकास अनुदान अन्तरगत छनोट भई नेपाल सरकारको खरीद ऐन अनुसार निर्माण प्रक्रिया अघि बढेको हो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले प्रादेशिक विश्वबिद्यालयको अवधाराणा रहेको र निकट भविष्यमा नै प्रादेशिक विश्वविद्यालयको रुपमा स्थापित गर्नका लागि आवश्यक पहल गर्नुका साथै क्याम्पसको समग्र विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सोही क्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको समग्र बिकासमा विश्वविद्यालय अनुदान आयोगको योगदानको चर्चा गर्दै प्रि भिजिटले दिएका सुझावहरु सवै पूरा भई सकेकाले क्याम्पसलाई छिटो नै गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणिकरण सम्पन्न हुने विश्वास ब्यक्त गरेका थिए ।

क्याम्पसलाई एउटा गुणस्तरीय शैक्षिक थलोको रुपमा बिकास गर्न र बिद्यार्थीलाई अध्ययनसँगै कामको पनि ब्यवस्था गर्ने योजना रहेको र क्याम्पसको भौतिकलगायत समग्र बिकासमा विभिन्न निकायसँग समन्वय गरी कार्य गर्ने योजना रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति राजु थापाले क्याम्पसको समग्र शैक्षिक बिकासमा सवैपक्ष एकजुट लाग्न र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि आवश्यक कार्य गरी गरिरहेको धाराणा राख्दै क्याम्पसको भौतिक विकासमा प्रदेशको योगदान रहेकाले केही अधुरा कार्यहरु सम्पन्न गर्नका लागि प्रदेश सरकारको ध्यानआकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्