Logo
Logo

चीनले पठायो १० करोड बराबरको राहत सामग्री



काठमाडौं । छिमेकी चीनले भूकम्प प्रभावितका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ–रसुवागढी नाका हुँदै पहिलो लटको राहत सामग्री नेपालतर्फ आइसकेको जानकारी दिएका हुन् ।

राजदूत सोङका अनुसार यो राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल छन् । राजदूत सोङले ती राहत सामग्रीहरू सीधै जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्पपीडितहरूलाई पठाइने जानकारी दिएका छन् । चीनले भूकम्पपीडितका लागि अझै राहत सामग्री पठाउने जनाएको छ। उसले थप राहत सामग्री आउने क्रममा रहेको उल्लेख गरेको छ ।

चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपतको यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताएका छन् ।
सोमबारमात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेका थिए । उक्त भेटमा भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका विषयमा दुईजनाबीच कुरा भएको थियो ।

शुक्रबार गएको भूकम्पको क्षतिबारे जानकारी पाउनासाथ शनिबार चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्