Logo
Logo

राष्ट्रपति पौडेल भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा


504
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनी आज नेपाली सेनाको हेलिकप्टरमार्फत भूकम्पको केन्द्रविन्दु जाजरकोटमा पुगेका हुन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । उनी रुकुम पश्चिममा पनि जाने कार्यक्रम छ । भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बरेकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरको भकम्प गएको थियो । उक्त भुकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा टुलो जनधनको क्षती भएको छ । भुकम्पमा परि हालसम्म १५७ जनाको ज्यान गइसकेको छ भने २ सय बढि घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्