Logo
Logo

सरकारको अकर्मण्यताका कारण जनतामा व्यवस्थाप्रति आक्रोश : एमाले


315
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको अकर्मण्यताका कारण जनतामा व्यवस्थाप्रति आक्रोश देखिएको बताएको छ ।

सिंहदरबारमा तत्कालीन शान्ति प्रक्रियामा हस्ताक्षर गरेका दलहरूको बैठकमा सरकारलाई विधिबाट अघि बढ्न एमालेले आग्रह गरेको छ ।

एमाले सचेतक महेश बर्तौलाले भने– ‘सरकार गलत ढंगबाट अघि बढेको छ । सरकारले डेलिभरी दिन नसक्दा निराशा छाएको छ । चाडबाडमा चिनी पाइँदैन । यो देशमा सरकार छ ? सरकारका कारण जनतामा व्यवस्थाप्रति आक्रोश आयो । सरकारलाई कानुन विधिबमोजिम हिँड्न हामीले भन्यौँ ।’

उनले सामाजिक सञ्जालमा छाडापन मौलाएको, भड्काउने कामहरू भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । बर्तौलाले जनताले लडेर ल्याएको व्यवस्था कसैले खोस्न नसक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्