Logo
Logo

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


945
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्