Logo
Logo

२२ कम्पनीलाई सातदिने स्पष्टीकरण


1.3k
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय २२ निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई ७ लिने लिखित स्पष्टीकरण सोधेको छ।

जिम्मा पाएका काम सन्तोषजनक रुपमा पूरा नगरेको भन्दै अनुगमन कार्यालयले ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो। तर, हालसम्म पनि त्यसको जवाफ नआएको भन्दै सात दिनभित्र स्पष्टीरण पेश गर्न सार्वजनिक सूचना निकालेको हो।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई प्रधानमन्त्री कार्यालय मातहतको खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।

स्पष्टीकरण सोधिएका कम्पनीमा इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर लगायत छन्।
सूची:

प्रतिक्रिया दिनुहोस्