Logo
Logo

जाजरकोटमा बिहान साढे १० बजेसम्म ४६६ पराकम्प गयो


1.1k
Shares

काठमाडौं । शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्यूटको भूकम्प गएपछि हालसम्म ४ सय ६६ पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बिहान १०ः ३० बजेसम्म जाजरकोटको रामीडाँडा आसपासमा ४६६ परकम्प गएको हो ।

गत सोमबार मात्र रामीडाँडाँ वरपर ५.८ र ४.५ म्याग्निच्यूडका ठुला परकम्प गएका थिए । यी परकम्पले त्यस क्षेत्रका चर्किएका घरहरू भत्काएको थियो भने २५ जना फेरी घाइते भएका थिए । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर ५.८ म्याग्निच्युडको सबैभन्दा ठुलो परकम्प गएको थियो। त्यस लगत्तै ४ बजेर ४१ मिनेटमा ४.५ म्याग्निच्युडको अर्को परकम्प गएको थियो ।

शुक्रवार राति ११ः ४७, १२ः ०८, १२ः २९, १२ः३५ बजे गरी ४ पटक क्रमशः६.४, ४.५, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ गरि १५३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्