
काठमाडौं । गत शुक्रबार मध्य राति जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठुलो जन धनको क्षती भएको छ । मध्य रातमा आएको ६ ४ रेक्टर स्केलको भुकम्पको धक्काले जाजरकोटका अधिकांश पालिकामा क्षती पुगेको तथ्यांक सार्वजनकि भएको छ ।
भूकम्पबाट भेरी नगरपालिकामा ३ सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने सात सय १२ वटा धरमा आंशिक क्षति पुगेको छ । त्यस्तै दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको तथ्यांकमा उल्लेख छ । । त्यस्तै भेरी नगरपालिकाका पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ ।
नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् । १२ विद्यालय पूर्ण रुपमा भत्किएका छन् भने २१ वटामा आंशिक रुपमा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । भूकम्पबाट नलगाड नगरपालिकामा ५२ ५२ जनाले ज्यान गुमाएका छन् । ७३ जना घाइते भएका छन् ।
छेडागाड नगरपालिकामा एक सय घरमा पूर्ण क्षति भएको भने ५ ससय घरमा आंशिक क्षति भएको छ । तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । छेडागाड भूकम्पबाट २ जनाको मृत्यु भएको छ भने घाइते एकजना भएको बताएको छ ।
कुशे गाउँपालिकामा ९५ घर पूर्णरुपमा क्षति भएको छ भने तीन सय एक वटा घरमा आंशिक क्षति पुगेको छ । चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने १७ वटामा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छ भने १७ आंशिक रुपमा क्षति पुगेको छ । कुशेमा भूकम्पबाट दुई जनाको मृत्यु र एकजना घाइते भएको पाइएको छ ।
बारेकोटमा नगरपालिकामा १६० घरहरु पूर्ण रुपमा भत्किएका छन्भने पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । बारेकोटमा भूकम्पबाट ४ जनाको मृत्यु तथा चार जना घाइते भएका छन् ।
शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् ।
जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्णरुपमा क्षति भएको पाइएको छ । ७ हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ ।














