Logo
Logo

रंगशाला बनाउन गाउँपालिकाद्वारा ११ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


मुग्लिन, २६ माघ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशाला निर्माणका लागि इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
उक्त रंगशाला धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिरहेको छ । सो रंगशाला निर्माणमा सहयोग संकलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरेका हुन् ।
रंगशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले जनाए । गाउँपालिकाले रंगशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाएको छ ।
उक्त रंगशाला विभिन्न दाताकै सहयोगमा निर्माण सुरु गरिएको हो । रंगशाला तयार हुन अझै २ अर्ब रुपैयाँ लाग्ने फाउण्डेशनका अध्यक्ष कथा कलाकार सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्