Logo
Logo

नेपालमा रहेको दूतावास बन्द गर्दै उत्तर कोरिया


2.5k
Shares

काठमाडौं । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो ।

नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी उक्त जानकारी दिएका हुन् । नेपालमा दूतावास खोलेको ४९ वर्षपछि उत्तर कोरियाले आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो ।

नेपालका लागि उत्तर कोरियाका राजदूतले यसअघि नै परराष्ट्र मन्त्रालयलाई दूतावास बन्द गर्ने जानकारी दिएका थिए । दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ ।

नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो । सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोलेको थियो ।

उत्तर कोरियाले गत साता प्योङयाङले अफ्रिकी सहयोगी अङ्गोला र युगान्डामा आफ्नो दूतावास बन्द गरेको थियो । त्यस्तै, हङकङ र स्पेनमा पनि कूटनीतिक नियोगहरू बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्