Logo
Logo

‘कालोबजारी’ नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


315
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घले कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

युवा सङ्घका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले आज सिंहदरबारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराएका हुन् । 

आर्थिक तरलता कारण देश सङ्कटको मारमा परेको बेला व्यापारीले कृत्रिम अभाव सिर्जना गरी व्यापारीले कालोबजारी गरिरहेकाले सरकारको ध्यानाकर्षण गराएको सङ्घका नेता मनोज खत्रीले बताए । 

जनताले प्रत्यक्ष अनुभूति गर्न गरी खाद्य पदार्थलगायत अत्यावश्यक सामग्रीहरूको मूल्य समायोजन गरी राहत दिन सङ्घको माग छ । सरकारले १० भित्र पनि उचित कदम नचाले  आन्दोलनमा उत्रिने चेतावनी समेत सङ्घले दिएको छ । 

प्रतिक्रिया दिनुहोस्