Logo
Logo

डिशहोमको दसैँ अभियानअन्तर्गत आनसिंह बोहोराले जिते एक लाख


65
Shares

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत २५१८८९१५६९ कास आइडीका ग्राहक आनसिंह बोहोराले नगद एक लाख रूपैयाँ जितेका छन् ।

गत सोमबार भएको लक्की ड्र मार्फत बोहोराले नगद एक लाख रूपैयाँ जितेका हुन् । डिटिएच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख रूपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्