Logo
Logo

गोरखा ब्रुअरीद्वारा भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ सहयोग



काठमाडौं । गोर्खा ब्रुअरीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । भूकम्प पीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको गोर्खा ब्रुअरीद्वारा विज्ञप्तिमा जनाइएको छ । गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोगस्वरूप चेक ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रुपमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्