Logo
Logo

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन समिती गठन गर्न निर्देशन


882
Shares

काठमाडौं । सरकारले धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणका लागि अध्ययन समिति गठन गर्न निर्देशन दिएको छ ।

संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणका लागि तत्काल अध्ययन समिती गठन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छ ।’

धरानको घोपाडाँडामा विमानस्थल बनाउने भन्दै २०६० सालमा नै स्थानीयको करिब ९२ रोपना जग्गा लिइएको थियो । तत्कालीन अवस्थामा मुआब्जाको शैलीमा पैसा दिएर स्थानीयले सस्तो दरमै जग्गा उपलब्ध गराएका थिए ।

यती समूहले विमानस्थल बनाउने भन्दै जग्गा नियन्त्रणमा राखे पनि विमानस्थल नबनेको भन्दै पछिल्लो समय स्थानीयले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्