Logo
Logo

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालमाथि जितका लागि ओमनलाई २५० रनको लक्ष्य


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।
५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ५६ रन बनाए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए ।
ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले नेपालको ३ विकेट लिएका छन् । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्