Logo
Logo

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने


567
Shares

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय भएको हो ।

प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

त्यस्तै बैठकले तीनवटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्