Logo
Logo

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत


378
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका वक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

साथै बैठकले राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्