Logo
Logo

मोडल दीपाशा विसीको निधन



काटमाडौं । लोक दोहोरी क्षेत्रकी चर्चित मोडल एवं नृत्यांगना दीपाशा विसीको निधन भएको छ । उनको बिहीबार काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बुधबार राती स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले बिहीबार बिहान मृत घोषित गरेको हो । उनको निधनबारे अस्पतालका सीइओ अजय मिश्रले मिडियासँग पुष्टी गरेका छन् ।

२८ वर्षीया दीपाशाको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनी लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ गर्दै आएकी थिइन् ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् । विशेषगरि लोकगीतका म्युजिक भिडियोमार्फत चम्किएकी विसीले ‘बिरानो माया, छाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्