Logo
Logo

भूकम्पपीडितलाई राहत सामाग्री लिएर प्रभावित क्षेत्रतर्फ लाग्यो युवा संघ


4.4k
Shares

काठमाडौं । भूकम्पपीडितका लागि युवा संघ नेपालद्वारा संकलित राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ । बिहीबार एक समारोहबिच नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले १४ लाख मूल्य बराबरको राहत सामाग्री युवा संघ नेपाललाई हस्तान्तरण गरेका हुन् ।

युवा संघका प्रवक्ता सञ्जिप राईको टोली आजै उक्त राहत सामाग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको छ । राहत सामाग्री हस्तान्तरण गर्दै नेता खनालले भने, ‘राहत पाउने कुरामा प्रभावितहरू थप समस्यामा परेको सरकारले सामान्य भन्दा सामान्य सेवा सुविधासमेत नपाएको समाचार सत्य हो भने दर्दनाक र दुखद कुरा हो । यो ढिलाई आपत्तिजनक हो, सरकारलाई गम्भिर हुन र ढिला नगर्न सुझावसहित चेतावनी दिन चाहन्छु ।’ उनले सुत्केरी महिला समेतले पाउनुपर्ने सुविधा नपाएको प्रति गम्भिर चिन्ता व्यक्त गरे ।

राहत सामाग्री डिजिटल सोलार प्यानल करिब ६ लाख बराबरको २० थान, एन्टि मस्क्युटो किड्स एक लाख बराबरको २५२ थान, सेनिटरी प्याड ३ लाख बराबरको ५०० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिमीटर एक थान एक लाख ५० हजार बराबरको, विभिन्न औषधीहरू २ लाख बढी मूल्यबराबरको र भोलेन्टियर हेलमेट एक सय थान रहेको बताइएको छ । गत शुक्रबार ६.४ रेक्टरस्केलको भूकम्पले जाजरकोटसहितका जिल्लामा जनधनसहित ठूलो क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्