Logo
Logo

आजपाले आरती साहको विषयमा मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र


252
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आरती साहको परिवारलाई न्याय दिलाउनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई पहल गरिदिन भन्दै ज्ञापनपत्र बुझाएको छ । 

आजपा उपाध्यक्ष एवं सभासद तिकल थापाको नेतृत्वमा रहेको टोलीले हरिहर भवन, पुल्चोक ललितपुर स्थित कार्यालयमा आज पुगेर आयोगका अध्यक्ष तमबहादुर मगरलाई ज्ञापनपत्र बुझाएको हो । 

न्यायको माग गर्दै विगत १४७ दिनदेखि आरती साहका बुवा विनोदप्रसाद साहको परिवारले काठमाडौंको माइतीघरमा धर्ना बस्दै आएको छ । तर सरकारले उनीहरुको माग सुनुवाइ नगरेपछि आजपाले आवाज उठाउँदै आएको छ । 

संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउदै आजपाले निरन्तर सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ ।  आजपा अध्यक्ष प्रभु साह संसददेखि सडक सम्म आवाज उठाउँदै आएका छन् । 

बुधबार आजपा अध्यक्ष आफै माइतीघरमा पुगेर धर्नामा बसेका थिए । संसद्मा समेत उनले यस बारेमा पटक पटक आवाज उठाउँदै पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै सरकारसंग माग गर्दै आएका छन् । 

आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले न्यायको माग गर्दै संघर्ष गरिरहेको विनोदको परिवारलाई न्याय दिनमा ढिलाई गर्न नहुने बताए । 

आजपा विनोदको परिवारको आन्दोलनमा ऐक्यबद्धता सहित उनीहरूको माग पुराहोस् भन्दै पहल गर्दै आएको सापकोटाले बताए । 

मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाउँन पुगेको टोलीमा रहेका सापकोटाले आयोगका अध्यक्ष मगरले आफूहरूले विनोदको परिवारलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।  

‘गतजेठको ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइकन नगरपालिका, ८ का विनोदप्रसाद साहकी छोरी आरती साहको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका भने निकै शंकास्पद देखिएको छ ।

सुरुमा जाहेरी दर्ता नै गर्न नमानेको प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्र कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान थालेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्