Logo
Logo

जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री यूएई जाने


567
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा सहभागी हुन यूएई जाने भएका छन् ।

उनी आगामी मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएईको दुबई जान लागेका हुन् ।

सम्मेलनमा नेपालले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सहभागिता जनाउने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी समेत थालिएको प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा पपुलर जेन्टलले जानकारी दिए ।

उनले भने, ‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ। सबै क्षेत्रबाट सुझाव संकलन गरी नेपालले प्रस्तुत गर्ने स्थितिपत्रलाई अन्तिम रूप दिइनेछ ।’

विज्ञ जेन्टलले नेपालले यस सम्मेलनमा पहिलो पटक आफ्नै ‘पेभिलिएन’ स्थापना गर्न लागेको बताउँदै त्यसमा ३० भन्दा बढी विभिन्न क्षेत्र र विषयका कार्यपत्रसहित नेपालले गुणस्तीय र प्रमाणसहित कार्यक्रम गर्ने अवगत गराए । ‘नेपालले विश्वसामु सफल र राम्रा अभ्यास देखाउने छ, यो सरकारको मात्र नभई गैरसरकारी संस्था, नागरिक समाज हामी सबैको जिम्मेवारी हो’ उनले भने।

प्रतिक्रिया दिनुहोस्