Logo
Logo

मुगु सामूहिक हत्या प्रकरणः दुई सातापछि एक आफन्त पक्राउ


5.2k
Shares

काठमाडौं । मगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घटना भएको १३ दिनपछि मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई पक्राउ गरेको हो ।

यही कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या गरिएको थियो । हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए । हत्याको दुई दिनपछि घरभित्रै उनीहरुको शव फेला परेको थियो ।

शाही मृतक परिवारका आफन्त भएको प्रहरीले जनाएको छ । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने तयारी भइरहेको मुगुका डीएसपी वीरेन्द्र थापाले बताए ।परिवारका चार जनाको हत्यामा शाहीसँगै अर्को एक जनाको पनि संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्