Logo
Logo

इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्षमा पोखरेल निर्वाचित


378
Shares

काठमाडौं । इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा नेपालको ऊर्जा क्षेत्रमा क्रियाशील उद्यमी सुशील पोखरेल चुनिएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ बाट उनी एसोसिएसनको सन् २०२३–२५ को लागि उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

कुशल नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा निरन्तरको क्रियाशीलताले पोखरेललाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ । उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्