Logo
Logo

‘मिसेस नेपाल-२०२३’ को उपाधि थापालाई



काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड–२०२३’ को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा लेखा परिक्षक रहेकी थापाले मूख्य उपाधिसहित मस्ट ट्यालेन्टेडको उपाधि पनि हात पारेकी छन् ।

उनले उपाधिसँगै आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् भने स्कुटर पाएकी छन् । प्रतियोगितमा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल चुनिएकी छन् । एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपाधि विजेतासमेत भएकी उनले सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सीता सुबेदी एमएस नेपाल इन्टरनेशनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाईस अवार्ड विजेता बनेकी छन् । उनले एमएस नेपाल इन्टरनेसनल भएवापत सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएकी छन् । विजेताहरुलाई मिसेस वल्र्ड २०२२ सरगम कौशलले ताज पहिराइदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्