Logo
Logo

जाजरकोट भूकम्पका घाइते एक जनाको उपचारका क्रममा मृत्यु



सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भएको हो । यससँगै जाजरकोट र रुकुम पश्चिम भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्