Logo
Logo

पटका र भूइँचम्पा जस्ता विस्फोटक पदार्थ नपड्काउन प्रहरीकाे अनुरोध


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीले तिहारमा पटका, भूइँचम्पा, आतसबाजी जस्ता विस्फोटक पदार्थ नपड्काउन अनुरोध गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पटका, भूइँचम्पा, आतसबाजीजस्ता कार्यहरु कानूनद्वारा वर्जित गरिएकाले त्यस्ता कार्यहरु नगर्न अनुरोध गरेको हो ।

तिहार, नेपाल सम्वत, छट पर्वका अवसरमा सुरक्षाका लागि आकस्मीक रुपमा चेक प्वाइन्ट खडा गर्ने र भिडभाड हुने स्थानमा ड्रोनमार्फत निगरानी गरिने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउनसमेत अपिल गरिएको उनले बताए । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजानसमेत कार्यालयले अपिल गरेको छ ।

त्यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि प्रहरीले अनुरोध गरेको छ । त्यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याएसम्ममात्र चेक जारी गर्न पनि अनुरोध गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्