Logo
Logo

नेपाल प्रहरीले मंगलबार मात्र नयाँ महानिरीक्षक पाउने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ माघ
नेपाल प्रहरीले मंगलबार मात्र २७ औं महानिरीक्षक पाउने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबारदेखि अवकाश पाउन लागेपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ आईजिपी नियुक्त गर्ने तयारी गरेको थियो, तर निर्णय गर्न सकेन । स्रोतका अनुसार केही विवाद रहेको र आज निर्णय गर्दा मंगलबार मुद्दा दायर हुन सक्ने भएकाले पनि मंगलबार बढुवा गरेर बुधबार बिहानै फूली लगाउन लागिएको हो ।

सिनियर डिआईजी ठाकुर ज्ञवालीलाई महानिरीक्षक बनाउन सरकारको तयारी छ । यद्यपी आईजिपी खनाल र एआईजी पुष्कर कार्की पनि आफूहरुको कार्यकाल थप्ने लबिङमा छन् ।
विगतमा जयबहादुर चन्दलाई नियुक्त गर्दा तत्कालिन सचिव लोकदर्शन रेग्मीले प्रक्रिया मिचेर प्रस्ताव लैजाँदा सर्वाेच्च अदालतले त्यसलाई उल्टाएको थियो । त्यसकारण कुनै गल्ती नहुने गरी प्रक्रिया अघि बढाउन लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।
नयाँ आईजिपीका लागि ज्ञवाली र तारिण्ी लम्साल प्रतिस्पर्धामा छन् । तर, दुवै जनाले विगतमा त अस्वस्थ प्रतिस्पर्धा नगरेकाले यसपटक विवाद हुने सम्भावना भने छैन ।

प्रतिक्रिया दिनुहोस्