Logo
Logo

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


1.7k
Shares

डोटी । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा बजारमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

सोही ठाउँका ५४ वर्षीय पदमबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने ४८ वर्षीय नाउटे खड्कासहित १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ८४ हजार ६८० रूपैयाँ र तीन गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्