
काठमाडौं । दोलखामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका- ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा दोलखाकै मेलुङ गाउँपालिक ७ का सुजन मगरको मृत्यु भएको हो। दुर्घटनामा परि १२ जना घाइते भएका छन्।
कालिञ्चोकबाट चरिकोटतर्फ जाँदै गरेको बा २१ च ८२६८ नम्बर बोलेरोले बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनाका घाइते १२ मध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए। बाँकी घाइतेको चरीकोटमै उपचार भइरहेको यादवले बताए। बोलेरो चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।














