Logo
Logo

काग तिहारकाे अवसरमा रत्नपार्कमा काग सम्मेलन



काठमाडौं । आज यमपञ्चकको पहिलो दिन काग तिहार । काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ ।

कागतिहारका दिन कागलाई मिठ्ठाइ लगायत परिकार खान दिएर पुजा गरेर काग तिहार मनाउने गरिन्छ । काग तिहारमा कागलाई मीठामीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

यस अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ । शान्तिवाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि काग उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।

दुलालले १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग सम्मेलनपछि सञ्चारकर्मीसँग दुलालले यस वर्ष काग धेरै नआएको बताए । । कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकते दिँदाको स्वर निकालेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्