Logo
Logo

भूकम्पपीडितलाई प्रति परिवार ५० हजार रुपैयाँ दिने सरकारको निर्णय


504
Shares

काठमाडौं । जाजरकोट भूकम्पमा परी घरबास गुमाएका पीडितलाई सरकारले अस्थायी आवास बनाउनका लागि प्रति परिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास बनाउन प्रति परिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिदलगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरूङलगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । कात्तिक १७ गते गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबासविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्