Logo
Logo

रोटरी क्लब ज्ञानेश्वरद्वारा मैनबत्ती सम्बन्धी तालिम सम्पन्न 



काठमाडौं । रोटरी क्लब ज्ञानेश्वरले उद्यमशीलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । 

काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरूलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिए । 

 
युवा र महिला उद्यमशीलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजगारीका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लबले यसअघि ब्युटिसियन एवं पाककला सम्बन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ । 

कार्यक्रमको संयोजक रोटरियन श्रृष्टी त्रिपाठीले गरेका छन् । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताए । 

सो कार्यक्रममा रोटरीकी अध्यक्ष लेलिना भट्टराई र पूर्वअध्यक्ष रस्मिला श्रेष्ठको पनि सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्