Logo
Logo

विश्व ह्याकर प्रतियोगितामा नेपाल तेश्रो


1k
Shares

काठमाडौं । नेपाली ह्याकर टिम विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल भएको छ।

साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘ह्याकरवन’ ले आयोजना गरेको यस प्रतियोगितामा नेपाली टोली दक्षिण एशीयामा भारत र पाकिस्तानी टिमलाई पराजित गर्दै अन्तिम दुईमा स्पेन सगं पराजित भएपछि विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल भएको हो ।

प्रतियोगितामा तेस्रो भएको नेपालले १ लाख ६० हजार अमेरिकी डलर (२ करोड १३ लाख रुपैयाँ) पुरस्कार प्राप्त गरेको नेपाली ह्याकरहरुको समूहका सदस्य सन्दिप ओलीले जानकारी दिएका छन ।

प्रतियोगितामा स्पेन प्रथम र इजराइल दोस्रो भएको छ ।प्रतियोगिताको फाइनल अक्टोबर १८ देखि नोभेम्बर ३ सम्म अर्जेन्टिनामा भएको थियो।भिसा समस्याका कारण नेपाली ह्याकरहरु भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

यस अघि गत मार्च १३ देखि २७ गतेसम्म २९ राष्ट्रका ह्याकरहरुको समूहबीच भएको समूह चरणको प्रतिस्पर्धामा नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै दोस्रो चरणका लागि स्थान सुरक्षित बनाएको थियो ।

मे २ देखि १६ सम्म दोस्रो चरणको प्रतिस्पर्धामा साउदी अरेबियालाई पराजित गर्दै नेपालले ८ टीम सम्मिलित तेश्रो राउण्ड इलाइट एट (क्वाटरफाइनलमा) प्रवेश गरेको हो ।

इलाइट एटमा अमेरिकी समूहलाई पराजित गर्दै नेपालले फाइनल फोर (सेमीफाइनल) मा स्थान सुरक्षित बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्