Logo
Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर घट्यो



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले मंसिर महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, साधारण रेमिट्यान्स बचतमा ६.०५ प्रतिशत ब्याज दिनेछ ।

यसअघि कात्तिकमा बैंकले ४.२५ प्रतिशतदेखि ५.३० प्रतिशत र रेमिट्यान्स खातामा ६.३० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र ब्यक्तिगततर्फ ८.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

बैंकले रेमिट्यान्स बचत खातामा ९.९७ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजद तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्