Logo
Logo

कैलालीमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने


567
Shares

कैलाली । जिल्ला प्रशशसन कार्यालय कैलालीले तिहारमा खेलिने देउसी भैलो कार्यक्रमका लागि समय निर्धारण गरेको छ ।
कैलालीमा रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्न नपाइने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक सूचना जारी गर्दै सुरक्षालाई ध्यानमा राखेर रातिको ९ बजेपछि नाचगान तथा देउसी भैलो खेल्नमा रोक लगाएको हो ।

‘देउसी, भैलो, नाचगानलगायतका कार्यहरू बढीमा राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्न अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलद्वारा जारी सूचनामा भनिएको छ ‘राति अबेरसम्म देउसी भैलो खेल्दा चोरी डकैतीलगायतका घटनाहरू हुने भएकाले त्यसलाई ध्यानमा राख्दै अनुरोध गरिएको छ ।’

साथै तिहारको समयमा विस्पोटक जन्य पदार्थहरूसमेत बिक्री बितरण तथा प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ । विस्पोटक पर्दाथबाट मानविय क्षति आगलागी जस्ता घटना हुने भएकाले सो बिक्री बितरण तथा ओसार(पसार र प्रयोग नगर्न नगराउन अनुरोध गरेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्