Logo
Logo

कृषि विकास बैंकद्धारा भूकम्प प्रभावितका लागि ५० लाख हस्तान्तरण



काठमाडौं । कृषि विकास बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोष’मा जम्मा हुनेगरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५० लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ । भूकम्प पीडितलाई विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्