Logo
Logo

नवलपुरमा जीप दुर्घटना, ६ जनाको मृत्यु


3.4k
Shares

नवलपुर । नवलपुरको देवचुलिमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको लु १ ज ३२७० नम्बरको यात्रुबाहक जिप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना ग्रस्त भएको जनाइएको छ ।

जीप दुर्घटना ग्रस्त हुँदा जीपमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा परि एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्