Logo
Logo

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने


945
Shares

काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्