
काठमाडौं । ओखलढुंगामा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ । आईतबार साँझ जिल्लाको चिसंखुगढी गाउँपालिका १ गैरीगाउँका टेक बहादुर खत्रीको घरमा लक्ष्मी पुजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको हो ।
आगलागीबाट खत्रीको ढुंगामाटोले बनेको ३ तले घर, सुन, अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलि नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बालिष्टर सिंहले जानकारी दिए । आगलागिबाट कुनै मानविय र पशुचौपयाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।














