काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई पूजा गरेका छन् । उनले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हन् । तिहारको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिन्छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ ।